भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १३:१०

वीरगन्ज – भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ।यो प्रणाली लागु भएपछि नेपाली आयातकर्ताले विशाखापटनम् बन्दरगाहमा भन्सार ‘क्लियरेन्स’को औपचारिकता लगायत विषयबाट छुटकारा पाएका छन् । नेपालका लागि तेस्रो मुलुकबाट सामान ल्याउँदा भारतीय बन्दरगाहमा अब भन्सार प्रक्रिया पूरा नगरी सिधै आयात हुने भएको हो।भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्नम बन्दरगाहमा तेस्रो मुलुकबाट नेपालका लागि आएका र त्यहाँबाट यही प्रणाली (इसिटिएस) जडान गरी भदौ १२ मा हिँडेको कन्टेनर सोमबार वीरगन्ज आइपुगेको छ।वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह (इनल्यान्ड कन्टेनर डिपो–आइसिडी) मा उक्त कन्टेनर बोकेको -याक आइपुगेपछि यसलाई सरोकारवालाले तेस्रो मुलुकसँगको नेपाली व्यापारका लागि ऐतिहासिक कदम भनेका छन्।६१ वटा कन्टेनरसहितको ¥याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो । यो प्रणाली लागू भएपछि अब आयातकर्ताले बन्दरगाहमा कुनै पनि कागजात पेस गर्नु पर्दैन ।भारतको कोलकाता बन्दरगाहको विकल्प खोज्दै २ वर्ष अघि विशाखापटनम् बन्दरगाहबाट नेपाली कार्गोको आयात सुरु भएको थियो। अहिलेसम्म आयातकर्ताले आयातसम्बन्धी कागजात दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाउँदै आएका थिए । आयातकर्ताका अनुसार नेपाली दूतावास दिल्लीमा डेढ महिनासम्म कागजात अड्किन्थ्यो । यसले गर्दा सजिलो र कम खर्चिलो हुने भनिएको वैकल्पिक बन्दरगाह विशाखापट्नमबाट व्यापार सुस्त हुन पुगेको थियो । अब इसिटिएस लागू भएपछि सो भारतीय बन्दरगाहमा हुने भन्सारसम्बन्धी प्रक्रिया हटेको वाणिज्य मन्त्रालयले जनाएको छ।तेस्रो मुलुकबाट आएको कन्टेनरमा यस प्रणाली अन्तर्गत भारतीय भन्सारले इलेक्ट्रोनिक सिल लगाएपछि बन्दरगाहबाट कन्टेनर सोझै वीरगन्जस्थित सुक्खा बन्दरगाहमा ल्याउन मिलेको छ । कम्प्युटरको माध्यमले सम्पूर्ण विवरण समावेश गरिएको सिल सिमावर्ती रक्सौलस्थित भारतीय भन्सारले चेकजाँच गरेमात्र पुग्छ । यसले गर्दा आयातकर्तालाई बन्दरगाहमा कस्टम हाउस एजेन्ट (सिएचए)को आवश्यक्ता पर्दैन । त्यस्तै सिपिङ कम्पनीको मनोमानी नचल्ने भएको छ । भन्सार क्लियरेन्सको नाममा खर्च हुने पैसा र समय जोगिने भएको छ । सिपिङ कम्पनीले विभिन्न  शीर्षकमा असुल्ने अनावश्यक शुल्कबाट पनि छुटकारा मिलेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१