सहकारीले सञ्चालन गरेका कार्यक्रम र समग्र सहकारी अभियानबारे जानकारी लिन,श्रीलंकाका सहकारीकर्मीको टोली नेपालमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १२:५१

काठमाडौं – यहाँका सहकारीले सञ्चालन गरेका कार्यक्रम र समग्र सहकारी अभियानबारे जानकारी लिन श्रीलंकाका सहकारीकर्मीको टोली नेपाल आएको छ । टोलीले सोमबार राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अधिकारीसँग अन्तरक्रिया गरेको छ।कार्यक्रममा बोर्डका बरिष्ठ सहायक बुद्ध श्रेष्ठले बोर्डले सञ्चालन गरेका गतिविधि र नेपालको सहकारी अभियानमा गरेका नीतिगत पहलबारे जानकारी गराएका थिए । श्रीलंकाको टोलीले पनि त्यहाँको अवस्थाबारे प्रस्तुती गरेका थिए । २२ सदस्यीय श्रीलंकाली सहकारीकर्मीको टोली नेपाल भ्रमणमा छ।श्रीलंकाको पब्लिक सर्भिस सहकारी संस्थाकी सारासीले श्रीलंकामा उपभोक्ता सहकारीहरुको मुलुकभर सात हजार आठ सय ६५ रिटेल पसल रहेको बताइन् । श्रीलंकामा हालसम्म १५ हजार सहकारी दर्ता भएको जानकारी गराएका थिए । सो टोलीले शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था न्युरोड, कोलिया सहकारी संस्था बुटवल, लालिगुरास बहुउद्देश्यीय सहकारी चितवनद्वारा सञ्चालित डेरी फार्म एन्ड रिसर्च सेन्टर, कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको अवलोकन गर्नेछन् । टोलीले लुम्बिनीको पनि भ्रमण गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१