डलरको मूल्य एकै दिनमा १ रुपैयाँ भन्दा बढीले महंगो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १२:३३

काठमाडौ–निरन्तर उकालो लागिरहेको डलरको मूल्य आज मंगलबार एकै दिनमा १ रुपैयाँ भन्दा बढीले महंगिएको छ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले मंगलबारका लागि प्रति अमेरिकी डलर बिक्रीदर ११६ रुपैयाँ २३ पै सा निर्धारण गरेको छ भने खरिददर ११५ रुपैयाँ ६३ पैसा तोकिएको छ। सोमबार डलरको बिक्रीदर ११५ रुपैयाँ ८ पैसा थियो। अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन हुने क्रमले निरन्तरता पाएसँगै नेपाली मुद्रा पनि अवमूल्यनको मारमा परेको हो। भारतसँग नेपालको मुद्राको स्थीर विनिमयदर सय रुपैयाँ बराबर १६० रुपैयाँ नेपाली रहेको छ। आज भारतीय रुपैयाँको विनिमयदर प्रतिडलर ७२ रुपैयाँ ३६पैसा छ।विश्वव्यापी रुपमै अमेरिकी डलरको माग बढी रहेको कारण त्यसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको हो। भारतलगायत नवउदीयमान मुलुकमा रहेका अमेरिकी लगानीकर्ताले आफ्नै देशमा लगानी बढी सुरक्षित र नाफामूलक हुने देखेपछि डलर अमेरिकामै केन्द्रित हुन थालेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१