जोकोभिचले युएस ओपनको उपाधि जिते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार ११:०३

न्युयोर्क – अर्जेन्टिनाका हुवाँ मार्टिन डेल पोर्टोलाई ३–० सेटले हराउँदै जोकोभिचले युएस ओपनको उपाधि जितेका छन्। न्युयोर्कमा तेस्रो पटक उपाधि जितेका जोकोभिचले पिट साम्प्रासले जितेको १४ ग्रान्ड स्लाम उपाधिसँग बराबरी गरेका छन्।युएस ओपनमा आठौं फाइनल खेलेका जोकोभिचले यसअघि २०११ र २०१५ मा पनि उपाधि जितेका थिए । डेल पोर्टोमाथि ६–३, ७–६ (७–४), ६–३ को सेटमा विजय हासिल गरेका जोकोभिच अब राफेल नाडालभन्दा ३ ग्रान्ड स्लाम उपाधिले मात्र पछाडि छन् । कीर्तिमानी २० ग्रान्ड स्लाम उपाधि जितेका रोजर फेडेररभन्दा जोकोभिच ६ उपाधिले पछाडि छन् । गत वर्ष कुइनाको चोटका कारण प्रतियोगिता खेल्न नपाएका जोकोभिचले एकै वर्ष विम्बल्डन र युएस ओपनको उपाधि जितेको पनि यो तेस्रो पटक हो।जोकोभिचले डेल पोर्टोलाई हराएको यो १५औं पटक हो । ग्रान्ड स्लामको पाँचाैं भिडन्तमा यो पाँचौं जित हो । यो नतिजासँगै मुख्य प्रतियोगिताका ५५ मध्ये ५० फाइनलमा शीर्ष चार (फेडेरर, नाडाल, जोकोभिच र एन्डी मर्रे ) ले जितेका छन् । डेल पोर्टोले जोकोभिचले फेडेररको २० ग्रान्ड स्लामको कीर्तिमान तोड्ने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१