सर्पले डसेपछि अस्पताल पु-याइएका बालकलाई उपचार नगर्ने अस्पतालसँग स्पष्टीकरण माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार ०९:३७

चितवन – सर्पले डसेपछि अस्पताल पु-याइएका भरतपुर–१५, मंगलपुरका ३ वर्षीय सलिन विकको उपचार नगर्ने अस्पतालहरूलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण मागेको छ। यही भदौ २१ गते राति सुतेकै ठाउँमा सर्पले डसेपछि भरतपुर अस्पताललगायत विभिन्न अस्पताल पु-याइए पनि सबै अस्पतालले उपचार गर्न नसक्ने भन्दै फर्काएपछि सलिनको मृत्यु भएको थियो । यसरी उपचार नगरी बालकलाई मृत्युको मुखमा पु¥याउने अस्पतालहरूलाई कारबाही हुनुपर्ने आवाज उठेपछि सम्बन्धित अस्पतालहरूलाई स्थानीय प्रशासनले स्पष्टीकरण मागेको हो।पीडित परिवारलाई क्षतिपूर्ति तथा उपचार नगर्ने अस्पताललाई कारबाही हुनुपर्ने माग गर्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।जहाँ–जहाँ बालकलाई लगिएको थियो ती सबै अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। सोमबारसम्म चारवटा अस्पतालले घटनाको जानकारी पठाएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। यस्तै सुरुमा बालक लगिएको भरतपुर अस्पतालमा आइतबार नै अनुगमन गरिएको उनले बताए। अस्पतालको आइसियु कक्षको अनुगमन र विज्ञ टोलीसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। इमरजेन्सीको फ्रन्ट डेक्समा बस्ने मेडिकल पर्सन र चिकित्सकले अस्पतालको विशेषज्ञ चिकित्सकसँग नसोध्दा घटना भएको देखिएको उनले बताए । बालकको उपचार नगर्नुका कारणबारे सबै अस्पतालबाट जानकारी आइसकेपछि कारबाही के गर्ने भन्ने विषयमा मंगलबार छलफल गरिने प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१