१० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार ०५:१८

गोरखा।  उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ। चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र सोही ठाउँका २८ वर्षिय लोप्चन तेन्वे सुनसहित पक्राउ परेपछि प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको खुलेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए।

चुमनुब्री गाउँपालिका ३ फिलिममा प्रहरी चेकजाँचको क्रममा दुई जनाबाट १० किलो सुन प्रहरीले बरामद गरेर सदरमुकाम ल्याई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ परेका दुई जनाबाट पाँच÷पाँच किलो सुन र आठ तोला तयारी गहना भेटिएको थियो।उक्त सुनको बजार मूल्य करिब पाँच करोड पर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१