नेपाल ल्याउने तयारीमा रहेका सामग्री चीनको केरूङमा नै थन्किए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७५, सोमबार १४:०२

रसुवा – तीज नजिकिँदै जाँदा नेपाल ल्याउने तयारीमा रहेका सामग्री भने चीनको केरूङमा नै थन्किएका छन् ।एक महिनासम्म सवारी सञ्चालन नहुँदा केरुङमा सवारी गएका थिएनन् । दैनिक चार–पाचवटा खाली गाडी त्यहाँ गइरहेका छन् । खाली गाडी नपाएपछि भाडादर समेत वृद्धि भएको छ । यो भन्दा पहिले चालकलाई १० हजार खर्चसहित एक लाख १० हजार भाडा दिने गरिएको थियो। अहिले एक लाख ६० हजारसम्म पर्न थालेको छ।तीजका लागि सिन्दुर, पोते, चुरा, काटा, मेकअप सामग्री चीनबाट आयात हुने गरेको छ । तीज सामग्री आयात भएपछि दसैं र तिहार सामग्री आयात हुनेछ । दसैंका लागि भेंडा च्यांग्रासमेत यो नाका हुँदै भित्रने गरेको छ । सामग्री लोड गर्नका लागि कामदार त्यहाँ पुगिसकेका छन् । वान डे पासको व्यवस्था नहुँदा केरुङमा रसुवाका नागरिक मात्र जान पाउँछन् । अन्य जिल्लाका व्यापारी, व्यवसायी तथा सवारी चालक रसुवागढी नाकासम्म पुगेर फर्कन्छन्।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७१ मंसिरदेखि नियमति रुपमा सामग्री आयात तथा निर्यात हुँदै आएको छ । एक महिनासम्म आयात ठप्प भएको नाकामा अहिले सवारी, व्यापारी तथा व्यवसायीको चाप बढेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१