गोरखामा १० किलो सुन सुनसहित दुई जना पक्राउ,सुन चिनियाँ नागरिकले पठाएको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७५, सोमबार १३:४७

गोरखा– उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ। चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र सोही ठाउँका २८ वर्षिय लोप्चन तेन्वे सुनसहित पक्राउ परेपछि प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको खुलेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए।चुमनुब्री गाउँपालिका ३ फिलिममा प्रहरी चेकजाँचको क्रममा दुई जनाबाट १० किलो सुन प्रहरीले बरामद गरेर सदरमुकाम ल्याई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ परेका दुई जनाबाट पाँच÷पाँच किलो सुन र आठ तोला तयारी गहना भेटिएको थियो। सुनसहित पक्राउ परेका दुबै जनाले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन्।तिनै चिनियाँ नागरिक च्याङ्चिनले सुन काठमाडौं पु¥याएपछि ३ हजार धुर्मु (चिनियाँ रुपैयाँ) नेपाली ५० हजार दिन्छु भनेपछि उनीहरुले बोकेर आएको बताएका छन्। भरियाको मोबाइल नम्बर लिएर उनीहरुलाई काठमाडौं जान र त्यहाँ पुगेपछि फोन आउने र फोन गर्नेलाई सुन दिन भनेर पठाएको पक्राउ परेका दुबैले प्रहरीसँगको सोधपुछमा भनेका एसपी बस्नेतले बताए।२१ गते सुन लिएर तिब्बतबाट छेकम्पारका दुई नागरिक गोरखा छिरेका थिए। सुन लिएपछि ट्याक्टर चढेर नेपालको नाकासम्म आएका उनीहरु त्यहाँबाट पैदल हिडेर छेकम्पार आएको बताएका छन्। मुटुप लामा एक÷एक किलोको ५ वटा गलबन्दीमा सिलाएर बेल्ट बनाएर बोकेका थिए भने लोप्चन तेन्वेले झोलामा राखेर पछाडि भिरेका थिए। उत्तरी गोरखाको प्रवेश नाका सिर्दिबासबाट सदरमुकाम तर्फ झर्दै गर्दा चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१