डा. भोला रिजालले ओम अस्पताल छाडे, अब नेपाल मेडिकल कलेजबाट सेवा दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७५, सोमबार ०५:१२

काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर भोला रिजालले आफ्नो ओम अस्पताल छाडेका छन् । ओम अस्पतालको व्यवस्थापनको नेतृत्वमा चलचित्र निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेल प्रवेश गरेसँगै रिजाल बाहिरिएका हुन् ।

ओमबाट बाहिरिएपछि रिजाल नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी)  अत्तरखेलमा जोडिएका छन् । उनले अब आफ्नो सबै नियमित स्वास्थ्य सेवा एनएमसीबाटै दिने भएका छन् ।

गरिब तथा विपन्न नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाका लागि पुरा समय अब नेपाल मेडिकल कलेजबाट दिने जानकारी रिजालले दिएका छन् । ‘मैले आफ्नो सेवालाई एनएमसीबाट नियमित गर्ने निर्णय लिएको छु’, रिजालले भने, ‘यसबाट बिरामीमा पर्न गएको केही असुविधाप्रति क्षमा चाहान्छु ।’

आगामी सोमबारदेखि हप्ताको ६ दिन रिजालले शिक्षण अस्पताल जोरपाटीबाट नियमित स्वास्थ्य सेवा दिने भएका छन् । ‘मेरो नियमित सेवा आगामी सोमबारदेखि एनएमसीबाट सुरु हुने छ । गरिब र बिपन्न बिरामीलाई सहजरुपमा स्वास्थ्य सेवा दिने मेरो पहिलो लक्ष्य हुने छ’, उनले भने ।

डा. रिजाल एनएमसीका हालका अध्यक्ष समेत हुन् । उनको त्यहाँ पनि लगानी रहेको छ । डा. रिजालले आगामी सोमबारदेखि एनएमसीमा हप्ताको ६ दिन दिउँसो दुई बजेदेखि ५ बजेसम्म बिरामी परीक्षण गर्नेछन् ।

रिजालले आफ्ना नियमित सेवाग्राहीलाई कसैको भ्रममा नपरी नेपाल मेडिकल कलेज आउन समेत आग्रह गरेका छन् । स्थापना कालदेखि नै ओम अस्पतालमा रहेका डा. रिजालको त्यहाँ १२ प्रतिशत लागानी समेत रहेको छ ।

ओम अस्पताल र टेस्ट ट्यूब बेबीको सुरूवात रिजालकै नेतृत्वमा

ओम अस्पताल तथा अनुसन्धान केन्द्र स्त्री तथा प्रसुति रोगको उपचारमा ख्याती कमाएको अस्पताल हो । यसले टेष्ट ट्युब बच्चाको सेवा सुरू गरेपछि झन् बढी चर्चित बनेको थियो।

यो अस्पताल र यहाँ टेस्ट ट्यूब बेबीको सुरूवात रिजालकै नेतृत्वमा भएको थियो । यो अस्पताल नेपालमा टेष्ट ट्युब बच्चा सफलरूपमा जन्माउने पहिलो अस्पताल हो। ओम अस्पतालको स्थापना ८ बेड र ३ जना डाक्टरका साथ बि.सं २०४७ मा ओम नर्सिङ होमको नाममा खुलेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१