क्याम्पस सञ्चालनमा समस्या भएपछि चिया डोनेशन शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०८:०३

गणेश विष्ट भोजपुर / ८ भदौ ।
भोजपुरको उत्तरी दिङ्गला बजारमा रहेको षडानन्द बहुमुखी क्याम्पस व्यवस्थापनका लागि चिया डोनेशन कार्यक्रम शुरु गरिएको छ । मासिक एक कप चिया डोनेशन कार्यक्ररमाबाट अहिले सम्म ९ हजार संकलन भएको छ ।
फागुन महिनाबाट सुरु गरिएको अभियानमा उक्त बिद्यालयमा अध्यानरत बिद्यार्थी तथा शिक्षकबाट उक्त रकम जम्मा भएको क्याम्पस प्रमुख नगेन्द्र बस्नेतले जानकारी दिए । बिद्यार्थी सङख्या कम भएको तथा क्याम्पस संञ्चालनको लागी अन्य स्रोत नभएकोले क्याम्पस सञ्चालनमा सहयोग पुग्ने आशाले सो कार्यक्रम सुरु गरिएको हो । 10609298_275198809355560_952762339_n (1)
उक्त संकलन भएको रकमबाट बिद्यार्थीलाई छात्रबृती बितरण गरिने क्याम्पसले जनाएको छ । उक्त कार्यक्रम बिद्यार्थी तथा अभिभावकहरुमा समेत लागु गरिने क्याम्पसले जनाएको छ । यसैगरी दिङ्गलामा आयोजित बिराट महारुद्रिमा मुलपानी ६ निवासी दौणिनाथ भट्टराईले चढाउनु भएको ३ हजार ५ सय ५ पनी क्याम्पसको नाममा दिनु भएको क्याम्पसले जनाएको छ । हाल यस क्याम्पसमा व्याबस्थापन र शिक्षा शास्त्र संकाएका कक्षहरु सञ्चालन हुदै आएका छन् ।
क्याम्पको आर्थिक स्रोत कम भएको कारण केउरेनिपानीका प्रत्येकले नागरिकले घर धुरी कर बुझाउदा क्याम्पसलाई पनि कर बझउदै आएको स्थानीय बासि रामप्रसाद अधिकारीले बताए । क्याम्पस बनेपनी फर्नीचरको अभाबमा हाल षडन्नद उच्च माध्यमिक विद्यालयमा सञ्चालन हुदैआएको छ ।
फोटो क्याप्सन ः षडन्न्द बहुमुखी क्याम्पसको भबन बनेपनी फर्नीचर नहुदा हाल पढाई हुदै गरेका षडन्नद उच्च माध्यमिक विद्यालय

 

प्रतिक्रिया