मलेसियामा एक नेपालीको मृत्युपछि ८ हजार आन्दोलित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०७:५२
प्रदिप राई/ क्वालालम्पुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको शुक्रबार मृत्यु भएपछि त्यहाँ कार्यरत ८ हजार नेपाली मजदुरहरु आन्दोलित बनेका छन् ।Malesiya-1
मलेसियाको जोहोर बारु अन्तर्गत जेसिवाई कम्पनीमा शुक्रबार ताप्लेजुङका हर्क बहादुर नाम गरेका नेपाली बिरामी परेपछि अस्पताल भर्ना भएका थिए । तर कम्पनीको हेलचेक्राइका कारण उनको मृत्यु भएको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् ।
हर्कबहादुरको उपचारको अभावमा मृत्यु भएको भन्दै नेपालीले कामकाज नै ठप्प बनाइदिएका छन् । उक्त कम्पनीमा ८ हजारभन्दा बढि नेपाली मजदुरको रुपमा कार्यरत रहेका छन् ।
हालसम्म नेपाली दुतावासले पनि कुनै पहल नगरेको र नेपालीहरुको उपचारमा हेलचेक्राइ गरेको भन्दै उनीहरुले घटनाको बिरोधमा कामकाज ठप्प पारेका हुन् ।
उक्त कम्पनीमा नेपालीसहित भियतनाम, इन्डोनेशिया लगायतका देशका कामदार समेत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१