राखेपको ५५ औं बार्षिकोत्सवः नेपाल तान डोरी सँघ (“Nepal Tug of war association”) को कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७५, शनिबार ०५:०९

राष्टिय खेलकूद परिषद् राखेपले ५५ औं बार्षिकोत्सब मनाएको छ । साताब्यापी रुपमा मनाएको राखेपले  सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषदको ५५ औँ वार्षिकोत्सबको उप-लक्षमा नेपाल तान डोरी सँघ “Tug of war association”द्वारा राखेपका सदस्यसचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न । कार्यक्रममा सँघका केन्द्रिय उपाध्यक्ष मदन कुमार खरेलको विशेष उपस्थितिमा ,कोषाध्यक्ष शिवभक्त सैँजु र सदस्य सैलज आचार्य र मुख्य निर्णायक सँघका महासचिव श्री केसव प्रसाद गौतमले मुख्य भुमिका निर्वाह गर्नु भएको थियो ।

खेल पुरुष तर्फका ५ र महिला तर्फका ५/५ टिम सहभागी भएकोमा पुरुष तर्फको प्रथम बिजेता काठमाण्डौ खेलकुद बिकाश समितिलाई नगद रु १०,०००/-र प्रमाणपत्र यसै गरि द्वितीय हुने रा.खे.परिषदको टिमलाई नगद रु ७,०००/- र प्रमाणपत्र प्रदान गरियो । यसैगरी महिला तर्फ ल.पु. जिल्ला खेलकुद परिषदको टिम प्रथम र काठमाडौ जिल्ला खेलकुद परिषका महिला खेलाडिहरु लाई दोस्रो भएकोमा पनि परिषदअध्यक्षद्वा नगद एवं प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१