सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको छ : प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७५, शनिबार ०४:४६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताउनुभएको छ ।इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भन्नुभयो ।लामो संक्रमणपछि देश राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।”

इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शका अध्यक्ष सुदेश यादवले रोजगारी र व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएकाले सरकारको आर्थिक समृद्धि नारा कार्यान्वयनका लागि हरसम्भव सहयोग पु¥याउने बचन दिनुभयो ।उद्योगबीच समन्वय गर्ने, बाणिज्य र व्यापार सुधारका लागि वातावरण निर्माण गर्ने लक्ष्यका साथ गठन भएको इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्श नेपालसहित विश्वका १३ मुलुक विस्तार भइसकेको छ ।नेपाल र भारतबीच खुल्ला सीमाना र जनस्तरको सम्वन्ध आफैमा अनुपम रहेको जनाउँदै सो अवसरमा विभिन्न भातीय उद्योग व्यवसायीले नेपालको आर्थिक विकासका लागि कृषि प्रशोधन, स्वास्थ्य, शिक्षा, ऊर्जा विकास र सिमेन्टलगायत क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१