काठमाडौँ । सार्वजनिक यातायातमा डिलक्स’ र सुपर डिलक्स’ का नाममा यात्रुसँग २० देखि ३० प्रतिशतसम्म बढी भाडा असुल्ने गरिएको छ । साउनपछि यातायात समिति नवीकरण नभए पनि टिकट काउन्टर भने चलिरहेका छन् । समितिका टिकट काउन्टरले भिडियो कोच, वाइफाइ सुविधाका नाममा बढी भाडा लिए पनि सुविधा भने नपाइने यात्रुको गुनासो छ ।
“विभागले तोकेको भाडा थोत्रा सवारीमा मात्र लागू भइरहेको छ, चढ्नसम्म हुने सवारीमा उनीहरुले चाहे जति भाडा लिन्छन्, समितिका टिकट काउन्टर अझै कम्पनीका बनेनन्, यातायात एकाधिकार कागजमा हटे पनि व्यवहारमा उस्तै छ”, । टिकट काउन्टरमा विभागले तोकेको भाडा सूचीमा टाँसिएको हुँदैन । काउन्टरका कर्मचारीले चिनेका मानिसलाई तोकेको भाडा लिन्छन् । नचिनेकालाई मन लागे जति भाडा असुल्छन् । काठमाडौँबाट पोखरासम्मको भाडा रु ४८५ तोकिए पनि रु एक हजारभन्दा बढीसम्म लिइरहेको यात्रुको गुनासो छ ।
प्रतिक्रिया