२ सय ६० प्रतिशतले बढ्यो शेयर कारोबार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७५, शुक्रबार १५:२३

साताभरमा ३२ हजार २८५ वटा कारोबारबाट २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो । गत साता ८० करोड ३० लाख ७ हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार ७१० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।सााताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.४९ अंकले बढेर अन्तिम दिन १२ सय २९.७७ अंकमा पुगेको छ। गतसाता शेयर कारोबार निराशाजन भएपछि शेयर लगानीकर्ता हरुले अर्थमन्त्री, बैंकर्स संघलगायतका अधिकारी हरुलाई भेटेर विश्वास ग्रहण गरेको परिणामस्वरुप शेयर बजार बढेको अनुमान विश्लेषकहरुको छ। यसका अतिरिक्त  पर्याप्त तरलता उपलब्धताका कारण शेयरमा सहज ऋण र ब्याजदर कम हुने अवस्थाले पनि शेयर बजार बढेको हो।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आईपुगेको छ।यस साता छ लाख ६४ हजार कित्ता शेयर २२ करोड ५० हजार रुपैयाँमा कारोबार गर्दै एनएमबि बैंक अग्रस्थानमा रहेको छ । एनआईसी एसियाको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ। साताभर सबै समूहगत परिसूचक सकारात्मक रहे। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको १७७.५६ र बिमा समूहको सूचक १२८.३१ अंकले बढेको छ। बैंकिङ समूहको सूचक ३९.३८ अंकले बढेको एक्सचेन्जले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१