चिकित्सकको लापरवाहीका कारण नाबालकको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०७:३२

प्रविण अग्रवाल/ रौतहट ८ भाद्र  ।
जिल्ला अस्पताल गौरका चिकित्सकको लापरवाहिका कारण एक नाबालकको ज्यान गएको छ । रौतहतको सदरमुकाम गौरको वडा नँ.४ निवासी ललन भारतिका १० वर्षिय छोरा गोलु भारतिको शनिवार राति ८ बजे उपचारको क्रममा मृत्यु भएको छ । घर नजिकै खेल्दै गरेका गोलुलाई शनिवार साँमm ४ः३० बजे विषालु सर्पले टोके पछि तुरुन्त परिवारजनले जिल्ला अस्पताल गौरमा पुरयाएका थिए । imagesसर्पको टोकाई पश्चात एन्टि स्नेक वेनुम नामक सुईको सट्टा उपचारमा सँग्लन चिकित्सकले अर्को सुई गोलुलाई लगाएको परिवारजनले आरोप लगाएका छन् । चिकित्सकले सुई लगाएको केहि क्षणमै गोलुको स्थिति क्रमिक रुपमा खराब हदै गएको र परिवारजनले यो कुरा पटक पटक चिकित्सकलाई जानकारी गराए पनि चिकित्सकको आनाकानीले बालकको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । चिकित्सकले समयमा सहि उपचार गरेको भए छोराको ज्यान जोगिने थियो, भन्दै बुवा ललनले आसुँ झारे । चिकित्सकको लापरवाहिले नै गोलुको ज्यान गएको भन्दै स्थानियले करीब एक धन्टा अस्पताल परिसरका हो–हल्ला समेत गरेका थिए । स्मरनिय होसकी १० जना दरबन्दी रहेको जिल्ला अस्पताल अहिले १ जना साधारण चिकित्सको भरमा सन्चालनमा रहेको छ भने प्राय जसो बिरामीको उपचार अहेब कै भरमा हुने गरेको छ ।

प्रतिक्रिया