हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७५, बिहीबार १३:३९

हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।चीनको पावर चाइना कम्पनीसँग यस विषयमा सम्झौता भइसकेको सुरुङमार्ग प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ । कम्पनी सचिव प्रतापसिंह ठकुराठीका अनुसार गएको साउन ४ गते पावर चाइना र पूर्वाधार विकास कम्पनीबीच संयुक्त विकास सम्झौता भएको हो।पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति जनाएको छ ।नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरी विगत ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेस गरिसकेको छ । पुनरावलोकनपछि यो परियोजनामा सडकको कुल लम्बाइमध्ये ४४ प्रतिशत सुरुङ र पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ।यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने कम्पनीले जनाएको छ।पूर्वाधार विकास कम्पनीले मकवानपुर, काठमाडौंको चाल्नाखेल र ललितपुरको खोकना १२ सयभन्दा बढी सर्वसाधारण र संस्थापकबाट पौने ३१ करोड रुपैयाँ सेयरबापत संकलन गरेको छ । कम्पनीले लगानी जुटाउन नसकेर सुरुङमार्गको भविष्य अन्योलमा परेपछि लगानी डुब्ने आशंका लगानीकर्तामा छ । सर्वसाधारणले नाक–कानका गहना बेचेर र ऋण खोजेर कम्पनीको सेयर किनेका थिए । कम्पनीले सर्वसाधारणबाट सेयरबापत संकलन गरेको जति रकम विभिन्न शीर्षकमा खर्च गरिसकेको छ । कम्पनी सञ्चालकहरुमाथि सर्वसाधारणले जम्मा गरेको रकम मनपरी खर्च गरेको आरोप लाग्दै आएको छ।कम्पनी सञ्चालकबीचको विवाद र लगानी गर्ने आश्वासन दिएको क्यानेडियन फर्केपछि विधिवत शिलान्यास भइसकेको सुरुङमार्गको त्यत्तिकै अलपत्र छ । २०७२ सालको भुइँचालो र सोही वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीलाई देखाउँदै क्यानेडियन लगानीकर्ता फिर्ता भएपछि सुरुङमार्गको भविष्य अन्योलमा धकेलिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१