दुई पटकसम्म सेवा–सुविधा परिमार्जन भइसक्दा पनि पुरानै सर्तमा काम गर्न बाध्य देशभरका चिया श्रमिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७५, बिहीबार १३:११

इलाम – दुई पटकसम्म सेवा सुविधा परिमार्जन भइसक्दा पनि पुरानै सर्तमा काम गर्न बाध्य देशभरका चिया श्रमिक चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सरकारले लागू गरेको न्यूनतम् ज्यालासमेत कार्यान्वयन नभएपछि चिया श्रमिक पहिलो चरणमा उद्योग परिसरभित्रै आन्दोलित भएका हुन्।सरकारले गत साउन १ गतेदेखि नै कार्यान्वयन गरेको न्यूनतम ज्यालासहितको सेवा–सुविधामा उद्योगीले चासै नदिएपछि श्रमिकले आन्दोलन थालेका हुन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघ संयुक्त रूपमा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले भदौ १८ देखि २२ सम्मलाई आन्दोलनका कार्यक्रम घोषणा गरी विरोध जनाइरहेका छन्।उद्योगले न्यूनतम् पारिश्रमिक कार्यान्वयन नगरेको भन्दै श्रमिकआबद्ध संघ–संस्थाले भदौ १२ गते बिर्तामोडस्थित श्रम कार्यालयमा अनुरोधपत्र बुझाएका थिए । आफूहरूको माग पूरा गर्ने पहलका लागि झापा र इलामका जिल्ला प्रशासनलाई समेत उनीहरूले बोधार्थ दिएका थिए । तर, आफ्ना मागप्रति बेवास्ता गरिएको भन्दै चिया श्रमिक पुनः आन्दोलित भएका हुन् ।उद्योगले न्यूनतम् पारिश्रमिक कार्यान्वयन नगरेको भन्दै श्रमिकआबद्ध संघ–संस्थाले भदौ १२ गते बिर्तामोडस्थित श्रम कार्यालयमा अनुरोधपत्र बुझाएका थिए । आफूहरूको माग पूरा गर्ने पहलका लागि झापा र इलामका जिल्ला प्रशासनलाई समेत उनीहरूले बोधार्थ दिएका थिए । तर, आफ्ना मागप्रति बेवास्ता गरिएको भन्दै चिया श्रमिक पुनः आन्दोलित भएका हुन् ।

प्रतिक्रिया