नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७५, बिहीबार १०:५३

भारत -काश्मिरको बरमुल्लाह जिल्लामा नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो ।पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्रहरीले जनाएको छ । उता पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेली आमा हुन् ।उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो ।गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।छत्तीस वर्षीय तिनै सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ ।महिलाको छोरासहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरुको हात रहेको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१