नेपाललाई स्वीट्जरल्याण्डद्वारा दुई अर्ब सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७५, बिहीबार ०५:१६

काठमाडौँ । सुरक्षित आप्रवासन परियोजना सामी ९तेस्रो चरण० कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ।

अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका ९नगरपालिका÷गाउँपालिका० मार्फत कार्यान्वयनमा आउने छ।

यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। ती जिल्लाबाट वर्षेनी पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्याङ्क रहेको छ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुर्याउने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१