हलिउडकी चर्चित अभिनेत्री वेनेसा मार्केजलाई प्रहरीद्वारा गोली हानी हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७५, बुधबार १४:४३

हलिउडकी – चर्चित अमेकिरी अभिनेत्री वेनेसा मार्केजलाई साउथ पासाडेनाको प्रहरीले गोली प्रहार गरी हत्या गरेको छ। टिभी शो ईआर’ मा नर्सको भूमिका निर्वाह गर्ने चर्चित अमेकिरी अभिनेत्री वेनेसा मार्केजलाई प्रहरीले बिहीबार गोली प्रहार गरी हत्या गरेको अन्तर्राष्ट्रि संचारमाध्यमले जनाएका छन्। वेनेसाको मानसिक स्वस्थ स्थिति ठिक थिएन। जतिबेला प्रहरी वेनेसाको घरमा पुग्यो तब वेनेसाले प्रहरीको बन्दुक एक्कासी खोस्न प्रयास गरेकी थिइन्।प्रहरीलाई घर मालिकले वेनेसाको अवस्थाको बारेमा जाँच गर्न फोन गरेर वेनेसाको घर फरमान्ट एवेन्यू ११० ब्लकमा बोलाएका थिए। जब प्रहरी घरमा पुगे, तब वेनेसाको मानसिक अवस्था ठिक थिएन। प्रहरीले एक प्यारोमेडिक्स र उक मानसिक स्वास्थ्य चिकित्सकलाई फोन गरेर बोलाए। यो बीचमा प्रहरीले अभिनेत्री वेनेसासँग कुराकानी जारी राखेका थिए।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार करिव ९० मिनेटपछि वेनेसा एक खेलौना बन्दुक लिएर आइन् र प्रहरी अधिकारीमाथि प्रहार गर्न खोजिन्। प्रहरीले उक्त बन्दुकलाई वास्तविक बन्दुक ठानेर अभिनेत्रीमाथि फाइरिङ गर्दा उनको घटनास्थलमा नै निधन भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१