काठमाडौं । आफैले लगाएको कपडा सम्हाल्न नसक्दा आफूलाई सेलिब्रेटी भनाउनेहरु कहिलेकाही संकटमा पर्दै आएका छन् ।
केही समयअघिमात्रै नायिका प्रियंका कार्कीले सार्वजनिक कार्यक्रममा भित्री वस्त्र देखाएपछि चर्चा र विवादको पात्र बनेकी थिइन् ।
नायिका कार्कीको प्रसंग सेलाउन नपाउँदै फेरि अर्की लोकगायिका ज्योति मगरको त्यस्तै घटना घटेको छ । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसको कार्यक्रम ‘टि टाइम’ मा उनको पहिरनकै कारण अन्तरवार्ता प्रसारणमा रोक लगाएको समाचार बाहिर आएको छ ।
विभिन्न कलाकारहरुसँग कुराकानी गर्ने उक्त कार्यक्रममा अन्तरवार्ता दिएकी गायिका मगरको कपडामा उनको वक्षस्थल नै प्रष्ट देखिएपछि पोशाक उत्ताउलो देखिएको भन्दै कार्यक्रम रोकेको टेलिभिजनले जनाएको छ । कार्यक्रम टि टाइम लोकगायिका शोभा त्रिपाठीले सञ्चालन गर्दै आएकी छन् ।
प्रतिक्रिया