नेपाल-चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) टुंग्याउन दुई देशका अधिकारीबीच आज र भोलि छलफल हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७५, बुधबार ११:५१

नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) टुंग्याउन दुई देशका अधिकारीबीच आज र भोलि छलफल हुने भएको छ।काठमाडौंको होटल सोल्टीमा हुने छलफलका लागि चिनियाँ प्रतिनिधि मण्डल मंगलबार राजधानी आइपुगेको छ। चिनियाँ टोलीसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु नेतृत्वको नेपाली टोलीले दुई दिन छलफल गर्नेछ। यसअघिका छलफलमा बन्दरगाह र रूटमा चिनियाँ पक्षले जुन सजिलो हुन्छ त्यही प्रयोग गर्न सकिने बताएको छ। मोडालिटीमा भने थप छलफल गर्नुपर्ने देखिएको छ।  दुई वर्षअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता भएको थियो। तर अहिलेसम्म त्यसको प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन।गत असारमा प्रधानमन्त्री ओलीको चीन जाँदा प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिए पनि थप छलफल गर्नुपर्ने भएकाले हस्ताक्षर हुन नसकेको बताइएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१