जिउँदो भ्यागुतो खुवाउने रेस्टुरेन्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०६:०९
एजेन्सी ।जापानको आसादाची नामको एउटा रेस्टुरेन्टले ग्राहकहरुलाई जिउँदो भ्यागुतो खुवाउने गरेको छ । ब्लु फ्रंग सामिसी नामको यस परिकारको बारेमा बनेको भिडियो हाल इन्टरनेटमा  भाइरल बनिरहेको छ ।यस्तो हर्कतलाई लिएर समाजिक सञ्चालमा धेरैले असादाजी रेस्टुरेन्टको धज्जी उडाएका छन् । यो भिडियो युट्युवमा धेरै नै चर्चित भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसलाई जीवजन्तुप्रतिको अमानवीय र क्रुर व्यवहारको संज्ञा दिएका छन् ।
बेलायतको चर्चित वेवसाइट डेलिमेलले यसलाई अहिलेसम्मकै सबैभन्दा घिनलाग्दो जापानी भोजन बताएको छ । इन्टरनेटमा फैलिएको भिडियोमा रेस्टुरेन्टका सेफले पहिले भ्यागुताको गर्दनलाई धारिलो छुरीले शरीरबाट अलग गर्छन् । त्यसपछि उसको छाला उतार्छन् । अनि त्यसैलाई सामिसी नाम दिएर ग्राहकलाई पस्किन्छन् । ग्राहकसम्म पुग्दाखेरी भ्यागुताले अझै श्वास फेरिरहेको भिडियोमा देखिन्छ । यो घिनलाग्दो परिकाका साथमा सेफल सोया सस, कागतीको टुक्रा र सलाद राखिदिने गरेका छन् ।
यो भिडियो सन् २०१२ मा अपलोड भएको थियो । सामाजिक सञ्जालमा फैलिएपछि भिडियो चर्चित भएको हो । रेस्टुरेन्टले कहिलेदेखि यस्तो घृणित धन्दा सुरु गरको हो भन्ने प्रस्ट छैन । साथै यस परिकाले रेस्टुरेन्टले कति मूल्य निर्धारण गरेको छ भन्ने पनि खुलेको छेन ।विवाद आएपछि जापनको प्रहरीले चाँडै यस्तो कार्यमा रोक लगाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१