९० हात्तीका दारा निकालिएको अवस्थामा फेला परे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७५, बुधबार ११:०९

दक्षिण अफ्रिकी मुलुक बोटस्वानामा हात्तीका दारा (आइभरी) तस्करीका ठूलो सङ्ख्यामा हात्ती मारिएको भेटिएको पशु अधिकारका लागि कार्यरत एक संगठनले मङ्गलबार जनाएको छ । मृत भेटिएका हात्तीमध्ये ठूला दारा हुने प्राय भाले हात्ती रहेका छन्, एलिफन्ट विदाउट बोर्डर नामक संस्थाले सामुहिक रूपमा हात्ती मारिएको यो घटना सम्भवत पहिल्ला केही बर्ष यताकै दुखद घटना भएको जनाउँदै उक्त क्षेत्रमा हात्ती संरक्षणका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेको छ ।ठूलो सङ्ख्यामा हात्ती मारिएको सूचनाका आधारमा उक्त संस्थाले विगत केही दिन यता गरेको हवाई अनुगमनमा दारा निकालिएको अवस्थामा ९० भन्दा बढी हात्ती मृत भेटिएको हो ।प्राय हात्ती पानी खान जलाशययुक्त क्षेत्र नजिक पुगेका समय शक्तिशाली राइफलको प्रयोग गरी उनीहरूलाई मारिएको अध्ययनका क्रममा थाहा भएको माइक चेजले बताउनुभयो । हात्ती मारिएको स्थान ओकाभाङ्गो नदीले बनाएको त्रिभुज आकारको जङ्गली क्षेत्र रहेको र उक्तस्थान निकुञ्ज क्षेत्र भएको बताइएको छ ।विगतका केही दशक यता अफ्रिकी हात्तीको जनसङ्ख्या चार लाख १५ हजारबाट घटेर एक लाख ११ हजारमा झरेको अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले जनाएको छ । हात्तीको दारा महङ्गो रकम लिएर तस्करहरूले विश्वका विभिन्न क्षेत्रमा लाने गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१