हङकङसँगको खेलमा नेपाल सबै विकेट गुमाएर ९५ रनमै अल आउट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७५, मंगलवार १४:३२

मलेसियाको क्वालालम्पुरको यूकेएम ओभलमा भएको एसिया कप छनोट खेलमा नेपालले हङकङसँगको खेलमा सुरुदेखि नै खराब प्रदर्शन गर्यो उक्त खेलमा टस जितेर ब्याटिङ थालेको सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सकेको छ ।सुरुदेखि नै खराब प्रदर्शन थालेको नेपालका लागि एसिया कपमा छनौट हुने सम्भावना अब लगभाग सकिएको छ । नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिँदै अलआउट भएको हो ।३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर नेपाल ९५ रनमै आउट भएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए । यस्तै अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन बनाए ।नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१