कसरी रहन्छ जुम्ल्याहा गर्भ र ? यस्ता छन् कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७५, मंगलवार १२:०९

धेरै जसो हाम्रो समाजमा र कतिपय महिलाले पनि जुम्ल्याहा बच्चा चाहेका हुन्छन् ।जुम्ल्याहा बच्चा चाहने भन्दा पनि गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण हुन्छन् । जुम्ल्याहा बच्चा हुनुमा आमाको कारणले मात्र नभइ बुवाको पनि उत्तिकै भूमिका हुन्छ । यो एक प्राकृतिक तरिका हुनाले यसलाई सुधार गर्ने कुनै उपाय या उपचार छैन । यस्तो बच्चा जन्मनुमा कुन कारण हो भन्ने पत्ता लागेको छैन ।यस्तो सम्भावना २५० गर्भवती महिलामध्ये एकमा जुम्ल्याहा हुन्छ । (यो एउटा वंशाणुगत कारण पनि हो । जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ । यस्ता महिलामा एकभन्दा बढी अन्डको निर्माण गर्ने आनुवंशिक गुण प्राप्त हुन्छ ।(कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।(बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पनि बढी हुन्छ । त्यो किनभने ओबुलेसनको क्रममा बढी उमेरका महिलाले एकभन्दा बढी अन्डको निर्माण गर्छन् । यी दुई बच्चाकै आनुवंशिक संरचना एकैप्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन ।फरक–फरक देखिने जुम्ल्याहा – महिलाको गर्भाशयमा फरक–फरक अन्डा निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छन् । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया