९५ रनमै नवौ विकेट गुम्यो,नेपालको लज्जास्पद प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७५, सोमबार १२:४२

मलेसियामा जारी एशिया कप छनोट अन्तर्गत नेपालले हङकङसँग खराब प्रदर्शन गरिरहेको छ।टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो। फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न ठूलो अन्तरले विपक्षीलाई हराउनुपर्ने बाध्यतामा रहेको नेपालले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो। ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।नेपालले २३ रनमा अर्को विकेट गुमायो। कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए। नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो।नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन। ४८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए। तर, लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्‍यो।
अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैठौं विकेट खेर फाल्यो। सागर पुन व्यक्तिगत ७ रनमा आउट भए।बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका आरिफ शेख २० रनको व्यक्तिगत स्कोरमा आउट भए। नेपालका लागि सर्वाधिक रन बनाएका उनले ५४ बल खेलेर २ चौका प्रहार गरेका थिए। नवौ नम्बरमा आएका सन्दिप लामिछानेले ४ बल खेल्दै २ रन बनाएर आउट भए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१