यस्तो छ चुरोटको धुवाँ उडाउने प्रतियोगिता (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०५:५१

अब हुँदा हुँदा चुरोट खाएर नाक र मुखबाट धुवाँ उडाउने विषय पनि एउटा प्रतियोगितात्मक खेल नै बन्न थालेछ । अमेरिकाको न्युयोर्कमा कसले धेरै चुरोटको धुवाँ फ्याँक्ने भन्ने प्रतियोगिता नै आयोजना भएको छ । न्युयोर्क सिटीको हेनले भ्यापोरियाममा गत हप्ता आयोजित ‘क्लाउड कम्पिटिसन’ एक से एक धुवाँदार अम्मलीहरु भेला भए र चुरोट तान्दै बेतोडसँग मुख र नाकबाट धुवाँ फ्याँके ।E-Cigs

निकोटिनयुक्त बाफ तानेर मुखबाट प्रसस्त बादल जस्तो धुवाँजस्तो बादल फ्याक्नुपर्ने उक्त प्रतिस्पर्धामा पेसेवर अम्मलीहरुले भाग लिएका थिए । ग्लिसेरोल तथा झोल निकोटिन जलाउनका लागि विशेष यन्त्रको प्रयोग गरिएको थियो यो इ सिगरेट भन्दा भिन्न थियो । धुवाँ उडाउने प्रतियोगिता क्रिस बढ विल्सन नामका व्यक्तिले जिते ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१