रेड हेरिङ २०१३ एसिया अवार्ड छनौटमा नेपालको लाबा आइटी कम्पनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७१, शनिबार १९:५४

सावित्री बस्नेत / काठमाडौँ ,७ भाद्र । रेड हेरिङ २०१३ एसिया अवार्डमा नेपालको तर्फबाट लाबा (प्रोफेसनल ट्रेनिङ तथा आइटी कम्पनी) छनौटमा परेको छ ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा नेपालको तर्फ उत्कृष्ट १०० आइटी कम्पनीभित्र लाबा पर्न सफल भएको जनाएको छ । यसअघि सन् २०१३ मा ब्रेनडिजिट, जानकी टेक्नोलोजिज कम्पनी यो सुचिमा समावेश भएका थिए । लाबा ‘रेड हेरिङ टप १०० एसिया अवार्ड’को सुचिमा

त्यसैगरी सन् २०१२ मा एफ वन सफ्ट नेपालको तर्फबाट रेड हेरिङको सुचिमा समावेश थियो । एसिया क्षेत्रका उत्कृष्ट र इनोभेटिभ आइटी कम्पनीहरुको सूचि प्रकाशन गरि अवार्ड गर्ने सस्था रेड हेरिङ २०१३ एसिया अवार्डमा यस पटक नेपालको तर्फबाट लाबा (प्रोफेसनल ट्रेनिङ तथा आइटी कम्पनी) समावेश भएको छ । रेड हेरिङको सम्पादकिय समुहले इनोभेटिभ र उत्कृष्ट कम्पनीहरुको सुचि प्रकाशनमा सयौ देशहरुका व्यक्तिहरुो भोटिङ सिस्टमलाइ पनि आधार मान्ने गरेको छ । यस सुचिमा सबैभन्दा धेरै भारतका तिन दर्जन भन्दा बढि आइटी कम्पनीहरु laba लाबा रेड हेरिङ टप १०० एसिया अवार्डको सुचिमा   Living With ICTसमावेश भएका छन । त्यसैगरी सिंगापुर, हंकङ र चिनका कम्पनीहरु धेरै संख्यामा रहेका छन । अगष्ट २५ देखि २७ सम्म हंकङमा आयोजना हुने एक विशेष कार्यक्रममा यि कम्पनीहरुले आफ्नो विनिङ स्ट्रोटेजी प्रस्तुत गर्नेछन । उत्कृष्टलाइ अगष्ट २७ मा हुने विशेष कार्यक्रममा सम्मान र अवार्ड गरिने कार्यक्रम रहेको छ । काठमाण्डौको अनामनगरमा रहेको आइटी कम्पनी लाबाले प्रोफेसनल आइटी कोर्सहरु सञ्चालन गर्दै आइरहेको छ । यसवाहेक विश्वका ठुला आइटी कम्पनीसग सहकार्य गरि आइटी एजुकेशन र ट्रेनिङ कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१