नेपालको पहिलो जित : मलेसिया १९ रनले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७५, आईतवार ०५:४२

काठमाडौँ । एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले बर्षा कारण ३० ओभरमा झारीएको खेलमा ७ विकेट गुमाउँदै एक सय ८८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको नेपालको स्कोर १८ रन हुँदा ओपनर सुवास खकुरेल ९ रनमा आउट भए ।

त्यसपछि ३८ रन बनाउदा नेपालले अर्को विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ११ रनमा पेभेलियन फर्किए । कप्तान पारस खड्का १३ रनमा आउट हुँदा नेपालको स्कोर मात्र ५६ रन थियो । तर त्यसपछि अरु ४ रन स्कोर बोर्डमा थप्दा २ विकेट गुमायो । अनिल शा १६ रनमा आउट भए भने सागर पुनले खाता खोल्न सकेनन ।

तर त्यसपछि दिपेन्द्र ऐरी र आरिफ शखेले छैटौ विकेटका लागि एक सय एक रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । दिपेन्द्रले ५४ रन बनाए । तर नेपालको स्कोर एक सय ६१ रन हुदा लगातार दुई विकेट झर्यो । दिपेन्द्र आउट भएको लगत्तै सोमपाल कामी पनि पेभेलियन फर्किए । तर आरिफ शेखले नेपालका लागि उत्कृष्ट ब्याटिङ गरे । उनले अविजीत ६४ रन बनाए । यो क्रममा उनले ५ चौका र दुई छक्का प्रहार गरे ।

जवाफमा मलेसियाले ३० ओभरमा नौ विकेट गुमाउदा एक सय ६९ रन मात्र बनाउन सक्यो । आक्रामक सुरुवात गरेको मलेसियाले २६ रनमा पहिलो विकेट गुमायो । नेपाली बलरमाथि हावी हुन खोजेको मलेसियाले ६६ रनमा दोस्रो विकेट गुमायो । उसका अहमद फैज नुर २२ रनमा आउट भए ।

त्यसपछि मोहम्मद अनवर अरुदिन ३४ रनमा आउट भएपछि मलेसियाले ८२ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि मलेसियाले एक सय १४ रन बनाउदा बसन्तले भिरन्दिप सिंहलाई २१ रनमा आउट गरे । जसका कारण मलेसियाले चौथो विकेट गुमायो । प्रतिस्पर्धात्मक लक्ष्य दिएको नेपाली बलरसामु मलेसियन खेलाडी कुनै समय पनि दबावमा आएनन् ।

तर एक सय ३१ रन बनाउदा दिपेन्द्र ऐरीले सेइद अजिज मुबारकलाई ३४ रनमा आउट गरेपछि उसले ५ विकेट गुमायो । एक समय सहजै जित निकाल्छ भन्ने अवस्थामा पुगेको मलेसियाले एक सय ५१ रनमा छैटौ विकेट गुमायो । तर २७ औं ओभरमा सन्दिपले दुई विकेट लिएपछि मलेसिया दबावमा आयो ।

उसका मुहमद राम्ली १६ रनमा आउट भने इद्रुसले खाता खोल्न पाएनन् । तर पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि नेपालले पहिलो जित दर्ता गर्यो । बलिङ तर्फ नेपालका सन्दिप लामिछाने र सोमपाल कामीले दुई दुई र बसन्त रेग्मीले तीन विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१