मेसीलाई आफ्नै देशमा गाली!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७५, शुक्रबार ०६:००

विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी विश्वभर चर्चित छन्। तर हालै मेस्सीले आफ्नै देशमा गाली पाएको खबर निकै चर्चामा रहेको छ। एक महिला समर्थकलाई अटोग्राफ नदिएपछि मेस्सीले उनीबाट आलोचना खेप्नु परेको हो।

मेस्सीलाई आलोचना गरिएको भिडियो सार्वजनिक भएपछि यतिबेला उक्त भिडियो भाइरल भएको छ। लियोनल मेस्सी अर्जेन्टिनामै रहेका बेला विभिन्न समर्थकहरु उनीसँग फोटो खिचाउन तथा अटोग्राफ माग्न आएका थिए। तर मेस्सीले ती महिलालाई नै किन ध्यान दिएनन्रु अर्जेन्टिनी पत्रकारका अनुसार ती महिलाले ‘रोजारियो’ क्लवको जर्सी लगाएकी थिइन्।

मेस्सीभने वाल्यकालदेखिनै ‘निवेल्स ओल्ड ब्वाइज’का खेलाडी थिए। अर्जेन्टिनामा रोजारियो र नियोल्स क्लवलाई चिरप्रतिद्वन्द्वी मानिन्छ। रोजारियोको जर्सीमा अटोग्राफ दिनु बार्सिलोनाका खेलाडीले रियल मड्रिडको जर्सीमा अटोग्राफ दिए बराबर बुझिन्छ। त्यसैले मेस्सीले उनलाई ध्यान नदिएको बताइएको छ।

उनले भिडियो खिचिरहेकी थिइन्। पछि अटोग्राफ नपाएपछि ती महिलाले मेस्सीलाई अर्जेन्टिनी भाषामा ‘पेचो फ्रियो’ भनेकी थिइन्। जसको अर्थ ‘कठोर मन’ अथवा ‘आत्माविहीन’ भएको बुझिने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१