एशियाली खेलकूद : प्याराग्लाइडिङमा पदकको सम्भावना, नेपालको २१६ अङ्क

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७५, बुधबार १४:२९

इण्डोनेसियामा जारी १८आँै एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ ।मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ ।मङ्गलबारको खेल सकिँदासम्म नेपालको दुई हजार ७९८ अङ्क छ । पहिलो स्थानमा रहेको जापानको तीन हजार २९८ अङ्क तथा दुई हजार १९२ अङ्कसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।नेपालले विगतमा एशियाली खेलकूदमा कराते, बक्सिङ र तेक्वान्दोमा पदक जित्दै आएपनि यसपालि पदकविहीन हुनु परेको छ । नेपालले प्याराग्लाइडिङबाट पदकको आश जगाएको छ ।सोही स्पर्धाको महिलातर्फ नेपाल छैटौँ स्थानमा छ नेपालको २१६ अङ्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१