चेन्नई एक्सप्रेसमा भएको ५ करोड ७८ लाख रुपैयाँ लुटिएको घटनाको अनुसन्धान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७५, बुधबार १२:४७

एजेन्सी – सलेम–चेन्नई एक्सप्रेसमा भएको ५ करोड ७८ लाख रुपैयाँ लुटिएको घटनाको अनुसन्धान तमिलनाडु प्रहरीले बल्ल पत्ता लगाएको छ। दुई वर्षपछि तमिलनाडु प्रहरीले नासाको स्याटेलाइट तस्बिरको माध्यमबाट लुटेराहरुका बारेमा जानकारिहरु पत्ता लगाएको हो लुट प्रकरणमा ११ जनाको समुह भएको शंका गरिएको छ । संदिग्धसँग सोधपुछ भैरहेको छ भने प्रहरी मध्यप्रदेश पुगिसकेको छ ।दुई वर्षअघि त्यो रेल सलेम र वृंदाचलम स्टेसनको बीचमा सिग्नलका लागि रोकिएको बेला रेलको कोचमा छिर्नका लागि लुटेराले छत काटेर रिजर्भ बैंक अफ् इन्डिया९आरबीआई०को ५ करोड ७८ लाख भारतीय रुपैयाँ लुटेका थिए । ८ अगस्ट, २०१६ मा आरबीआईले सलेमबाट ३४२ करोड चेन्नई पठाएको थियो उनीहरुले रेलबाट ५ करोड ७८ लाख रुपैयाँ लुटे । सबै पैसा २२६ वटा काठका बाकसमा राखिएकोमा सबै बाकस चोरी गर्न नसक्नाले लुटेराहरुले थौरै रकम मात्र लुटेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया