दोस्रो बिहे गरेर आमा बन्ने मनिषाको इच्छा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७१, शनिबार ०६:१९

काठमाडौँ – केहि समय पहिले नेपालका सम्राट दाहालसँग विवाह गरेकी बलिउड नायिका मनिषा कोइरालाले फेरि बिवाह गर्ने संकेत गरेकी छन्।
सम्राटसँगको सम्बन्ध १ वर्ष पुग्दा नपुग्दै असमझदारीका कारण वैवाहिक सम्बन्ध टुंगिएपछि नायिका मनिषा कोइरालाले फेरि अर्को बिहे गर्ने संकेत दिएकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।10474261_825288134162297_6057391359563538539_n
केहि समय अगाडि भारतको सिमान्धरा विश्वविद्यालयमा भएको एक प्रवचन कार्यम्रकमा उनले आफू दोस्रो बिहे गर्न सक्ने बताएकी हुन्।
आफू चाडै नै बलिउड फिल्म नगरीमा कमब्याक गर्ने तयारीमा रहेकी भारतीय पत्रिका इन्डिया टुडेले बताएको छ। पति सम्राटलाई पन्छ्याउँदै मनिषाले इन्डिया टुडेसँग भनेकी छन्, ‘कुनै दिन लायकको जीवनसाथी भेएिला नि ।’
कोइरालाले उक्त प्रवचनमा आफूले दोस्रो बिहे गर्न सक्ने संकेत गरेको हुन् । आइतबार ४४ वर्ष पूरा गरेकी मनिषाले उक्त प्रवचनका क्रममा जीवनका प्रत्येक पलसँग सहिष्णु हुन लागेको बताइन्। मनिषाले केही समय यता क्यान्सरविरुद्ध चेतना जगाउन प्रवचन दिँदै आएकी छन् ।
पाठेघरको गम्भीर क्यान्सरबाट जीवनदान पाएकी उनी तनावरहित जीवन बाँच्ने र केही राम्रो काम गर्ने सोच बनाएको बताउँदै आएकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१