जापानले ल्यायो ड्राइभर बिना नै चल्ने ट्याक्सी : बेस्त सडकमा बिना ड्राइभरका ट्याक्सी गुड्न थालेपछि सबै चकित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७५, बुधबार ०५:५८

जापानमा हुन गइरहेको सन् २०२० को ओलम्पिक खेलको लागि विशेष आकर्षणको रुपमा यस्ता ट्याक्सी पनि रहने निर्माता कम्पनीले जनाएको छ । यसको निर्माता कम्पनी डेभलपर भेन्चर कम्पनी जेएमपी इंक र ट्याक्सी कम्पनी हिनोमारु कोत्सुले स्वचालित ट्याक्सी विश्वमा नै पहिलो भएको बताएको छ ।

दुई हप्ताको परीक्षणपछि सोमबारबाट सुरु गरिएका यस्ता ट्याक्सी अब टोकियोका व्यस्त सडकहरुमा चल्ने भएका छन् । परीक्षणको बेला सम्भावित जोखिमलाई ध्यान दिई ड्राइभर बसे पनि ड्राइभरले केही गर्नुपरेको थिएन । उक्त प्रयोगपछि निर्माता कम्पनी ट्याक्सीलाई व्यस्त सडकमा आरामले चलाउन सकिनेमा ढुक्क छन् ।

जापानमा कामदारको अभाव बढिरहेको बेला यस्ता ट्याक्सी फाइदाजनक हुने बताइएको छ । ट्याक्सीको ढोका खोल्नको लागि एक मोबाइल एपको प्रयोग गर्नुपर्ने र प्रति यात्रु १५ सय येन अर्थात १३ डलर तिर्नुपर्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१