अस्पतालको लापरबाहीले नाबालकको हात काटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार १५:२३

सुनसरी — एक महिनाभन्दा बढी समय उपचारमा राखेको एक नाबालकको अन्तत् बायाँ हात काटिएको छ । अभिभावकले चिकित्सकको लापरवाहीले हात काट्नु परेको आरोप लगाएका छन् भने चिकित्सकले मृत्युको मुखमा पुगेको बच्चालाई बचाइएको बताएका छन् ।२६ सातामा जन्मेको बच्चालाई उपचारको लागि राखेको २८ दिनसम्म सघन उपचारकक्षमा राखेपछि उक्त अस्पतालले काठमाडौंस्थित कान्तिबाल अस्पतालमा रिफर गरेको थियो। बच्चाका बाबु गोकुल र आमा अनिताले आफुहरुलाई अस्पतालले सुधार हुँदै छ भन्ने गरेको र झ्यालबाट मात्र हेर्न दिएको बताएका छन्। अस्पतालले २८ दिनपछि कान्तिबाल अस्पतालमा लैजान भनेको र त्यहाँ पुगेपछि मात्र छोराको हातको हड्डीसमेत कुहिएकाले सल्यक्रिया गरिदिन लेखि पठाएको थाहा पाएको उनीहरुले बताएका छन्।

आरके हस्पिटलका प्रसासकीय अधिकृत धिरज मैनालीले भने चिकित्सकको लापर्वाही नभएको दावी गरे। ‘अस्पतालमा बच्चा ल्याउँदा सात महिना पुरा नभएको अवस्था थियो। क्रिटिकल अवस्थामा ल्याएकाले भेण्टीलेटरमा राखेर उपचार गरेका थियौं। तर, २६ औं दिनमा बच्चाको देव्रे हात कालो भएको देखिएपछि संक्रमणको थप उपचार गर्न कान्तिबाल अस्पतालमा रिफर गरिएको हो’ उनले भने।उपचारमा संलग्न बालरोग चिकित्सक डा. सुवोध शर्माले हात काटेर भएपनि बच्चाको ज्यान बचाएको बताए। उनका अनुसार सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको बच्चा त्यहाँ आइसियु वेड भरिएकाले आरकेमा ल्याएका हुन्। यहाँ ल्याउदा बच्चाको हात, खुट्टा पुरै लुलो अवस्थामा थियो। महिना नपुगि जन्मेकाले बच्चाको शरिरको आन्तरिक अंगहरु पुरा विकास नहुने हुँदा राम्ररी स्वास लिन सकेको थिएनु डा.शर्मा भन्छन्, हामीले तत्कालै भेण्टीलेटरमा राखेर उपचार सुरु गरेका थियौं। नौ दिन पछि सुधार आएको देखियो। तर, फेरि बच्चाको देव्रे हात निलो भयो।

उनले अस्पतालमा पेडियाट्रिक सर्जरीको सुविधा नभएकाले कान्ति बाल अस्पताल रिफर गरिएको बताए। उनका अनुसार महिना नपुगि अर्थात २६ सातातिर जन्मेका बच्चालाई संसारमै ४० प्रतिशतमात्र बचाउन सकिने तथ्याङ्क छ। बाँचेपनि अधिकांशको कुनै न कुनै अंगमा केही न केही कमजोरी हुने पनि उनले बताए। विक दम्पतिले भने कान्ति बाल अस्पतालमा पुर्‍याएपछि मात्र आफुहरुलाई आरके अस्पतालले बच्चाको देव्रे हातमा संक्रमण भएकाले काम नलाग्ने अवस्था भएको, हड्डी पनि कुहिसेको र हातको सल्यक्रिया गरिदिन भनेर रिफर गरेको जानकारी पाएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१