युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार १४:३२

युएईले भिजिट र टुरिस्ट भिसामा कडाइ गर्ने भएको छ । भिजिट र टुरिस्ट भिसामा आएकाहरुले युएईको बसोबासको नियम उल्लङघन गरेको पाइएको भन्दै यस्तो भिसा जारी गर्न कडाइ गरिने युएईले जनाएको छ ।युएईमा चलिरहेको आममाफीमा ठूलै अपराध गरेका कतिपय व्यक्तिहरु पनि सहभागी हुन आएको र त्यस्ता व्यक्ति भिजिट वा टुरिस्ट भिसामा युएई प्रवेश गरेको पाइएको छ । त्यस्ता व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिन युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्न लागेको हो । ।

१ अगष्टदेखि ३१ अक्टोवर अर्थात गएको साउन १६ गतेदेखि आउँदो कात्तिक १४ गतेसम्म युएईले दिएको आममाफीको समयमा अवैधानिक रुपमा रहेका विदेशी नागरिकले वैधानिक बन्न वा स्वदेश फर्किन पाउनेछन् ।आममाफीको समय झण्डै एक महिना बित्न लागेको छ । यो समयमा आममाफीमा सहभागी हुन आउनेमा ओभरस्टे भएका र काम खोज्न चाहने धेरैजसो भिजिट र टुरिस्ट भिसामै युएई प्रवेश गरेको पाइएको युएईले जनाएको छ । भिसा अवधिभन्दा धेरै समय बसेका कतिपय कामदारसँग स्वदेश फर्किन पैसा नभएकाले सम्बन्धित देशको दूतावाससँग हवाइ टिकटका लागि कुरा गरिने भएको छ ।

काम नपाइन सक्छ
युएर्इले कागजपत्र नभएका कामदारलाई काम लगाएमा रोजरदाताले पनि जरिवाना तिर्नुपर्ने नियम ल्याउने भएको छ । कागजपत्र नभएका एक एकदार बराबर ५० हजार दिर्हाम जरिवाना रोजगारदाताले तिर्न पर्नेछ । एक पटक कारबाहीमा परेका रोजगारदाताले फेरि पनि कागजपत्र नभएका कामदारलाई काममा लगाएमा दुईगुणा बढी अर्थात एक लाख दिर्हाम जरिवाना तिर्नुपर्ने छ । जरिवानाको डरले रोजगारदाताले काममा नलगाउन सक्छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१