यी लक्षण देखिए थाहा पाउनुहोस्, शरीरमा सोडियमको कमी छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार १४:१६

स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । त्यसैले, स्वस्थ्य जीवन बाच्नको लागि शरीरलाई स्वस्थ राख्नु नै हाम्रो प्रमुख दायित्व हो । यस दायित्वलाई पूरा गर्न हामी प्रत्येक दिन खानपानमा विशेष ध्यान दिने गर्छौ । यद्यपी, कहिलेकाही शरीरका लागि के ठीक , के बेठीक भन्ने थाहा नहुदाँ हामी शरीरका लागि स्वास्थ्य वर्दक खाना त खान्छौ । तर त्यस्तो खानेकुरा शरीरको लागि कम छ कि बढी छ भन्ने थाहा नपाउँदा स्वस्थ जीवनशैली तथा खानपानबारे सचेत हुदाँहुँदै पनि हामी मुधमेह, उच्च रक्तचाप, थाइराइड लगायतका अनेको दीर्घकालीन रोगको चपेटामा पर्छौ । यसको मुख्य कारण के हो भने खाना खादाँ होस् वा खाजा खाँदा । हामी प्राय नुनिलो खानेकुरा नै खान रुचाउँछौ । त्यस्ता खानेकुरा खानेमात्र हैन, आवश्यक परे त्यस्ता खानेकुरामा हामी माथिबाट हामी अझै धेरै नुन हाल्छौ । त्यस्ता खानेकुरा खादा हामीलाई सुरुमा त खासै धेरै नुन खाए जस्तो अनुभव हुँदैन । तर, दीर्घकालीन रुपमा त्यसले स्वास्थ्यमा भने गम्भीर एंव दीर्घकालीन समस्या निम्त्याउने गर्छ । आखिर नुन वा सोडियमको सेवनले स्वास्थ्यमा के के समस्या निम्त्याउने गर्छ रु

१. निर्णय लिने क्षमतामा कमी ल्याउँछ

धेरैलाई विश्वास नलाग्ला । तर यो सही हो, सन् २०११ मा प्रकाशित एक क्यानेडियन शोधले जनाए अनुसार ज्यादा नुनले दिमागमा समेत असर पार्छ । उक्त अध्ययनमा जनाइए अनुसार अधिक नुनको सेवन गर्ने व्यक्तिको तुलनामा कम नुनको सेवन गर्ने व्यक्तिको काम स्पष्ट थियो । अधिक नुनको सेवन गर्ने मानिसहरुमा अधिक नुनको कारण कामको गहिराई बुझेर फैसला गर्ने क्षमतामा कमी रहेको पाइएको थियो ।

२.प्यास धेरै लाग्छ

घाँटी किन तिर्खाउँछ रु प्यास लागेर । प्यास किन लाग्छ रु शरीरमा पानीको कमी भएर । अर्थात धेरै जसो मानिस तिर्खा लाग्नुमा एउटा मात्र कारण शरीरमा पानीको कमी हुनुलाई मान्ने गर्छन् । जबकी शरीरमा नुनको मात्रा धेरै भएमा पनि मानिसलाई पटक पटक प्यास लाग्ने गर्दछ । किनकी शरीरमा नुनको मात्रा धेरै भएमा शरीरले आफ्नो तन्त्रबाट सोडियम निकाल्ने गर्दछ । जसका कारण हामीलाई प्यास धेरै लाग्ने गर्दछ ।

३. शरीर सुन्निन्छ

नुनले शरीर सुन्निन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो सही हो । एक दिनमात्र नुनको अधिक सेवनले पनि शरीरमा थुप्रै असर देखिने गर्छ । जसमध्य शरीर सुन्निने समस्या पनि एक हो, जसलाई चिकित्सकीय भाषामा इडिमा भनिन्छ ।

४.पत्थरीको समस्या

खानामा अधिक नुनको सेवनले मिर्गौलामा असर पार्ने गर्दछ । नुनको सेवनले पिसाबमा प्रोटिनको मात्रा बढ्ने गर्छ, जस आफैमा गम्भीर समस्या हो । यसका कारण मानिसहरुलाई मिर्गौलामा पत्थरी हुने गर्छ ।

५.उच्च रक्तचापको समस्या

व्लड प्रेशर उच्च हुने व्यक्तिहरुलाई चिकित्सकहरु कम नुनको सेवन गर्न सुझाव दिने गर्छन् । किनकी आवश्यक्ता भन्दा बढी मात्रामा नुनको प्रयोगले शरीरमा उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ । त्यतिमात्र हैन, ज्यादा नुनुको प्रयोगले पेटमा छाला पैदा हुनसक्छ । अझ जनावरमा यसले कैसर पैदा गर्ने विभिन्न अनुसन्धानहरुले समेत जनाइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१