शुक्रकीट सम्बन्धी धेरैलाई थाहा नभएका केही रोचक तथ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार ०५:५८

शुक्रकीटका बारे त धेरैलाई थाहा हुन सक्छ तर, शुक्रकीटबारे केही यस्ता नयाँ तथ्य पनि छन् जुन सबैलाई जानकारी नै छैन्।

हेरौँ शुक्रकीट सम्बन्धी केही तथ्य

-एउटा मानिसका शुक्रकीटमध्ये ५० प्रतिशत मात्र सिधा अगाडि तैरन्छन वा अघि बढ्छन्।

-हालै भएका अनुसन्धानका अनुसार सनस्क्रिन क्रिम र शृंगार प्रसाधन सामाग्रीले शुक्रकीटमा नकारात्मक असर पर्छ। तर, यो निष्कर्षमा सबै वैज्ञानिक सहमत छैनन्।

-वीर्यको जाँच गर्ने औसत नमूनामा ३० लाख शुक्रकीट हुन्छन्। यो एउटा चिया चम्चाको दुई तिहाइ मात्र हो।

-सामान्यतया पुरुषको शरीरमा एक सेकेन्डमा १ हजार ५ सय शुक्रकीट बनिरहेका हुन्छन्।

-एउटा पुरुषको जीवनभर बन्ने शुक्रकीट पंक्तिबद्ध गरे ६ माइल लामो पंक्ति बन्न सक्छ।

-गर्मी भए शुक्रकीटको सक्रियता घट्छ।

-वीर्य स्खलन हुँदा ९० प्रतिशत शुक्रकीट विकृत हुन्छन्।

-लाखौं शुक्रकीटमध्ये कुनै एउटाले मात्र महिलाको अण्ड निशेचन गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१