विद्यालय स्तरकै पाठ्यक्रममा बलात्कारबिरुद्ध कोर्स राख्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार ०५:३०

बढ्दो बलात्कारका घटना रोक्न विधार्थीकालदेखि नै शिषा दिने उद्देश्यले स्कुलमै बलात्कारबिरुद्ध कोर्स राख्ने तयारी भएको छ । दिनदिनै बढिरहेका यी घटनाहरुलाई मध्यनजर गर्दै नेपाल प्रहरी विद्यालयस्तरको पाठ्यक्रममै समावेश गर्ने कोर्स निर्माणमा जुटेको छ।

‘ट्रेनिङ फर ट्रेनर्स’ सञ्चालन गरी आवश्यक जनशक्ति उत्पादन गरिने र स्थानीय निकायका प्रतिनिधिसमेत समावेश हुने गरि समिति बनाइने तयारी प्रहरीको छ।

नयाँ मुलुक अपराध संहिता एेनले बलात्कार सम्बन्धी कसुरमा २० वर्षसम्मको जेल सजाय व्यवस्था गरेको छ। बलात्कारपछि हुने हत्यामा बाँचेसम्म जेल बस्नुपर्ने प्रावधान छ।

प्रतिक्रिया