एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु ,छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियातर्फ प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७५, सोमबार १४:५१

एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ ।एशिया कपको छनोट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् ९युएइ०, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । नेपालले छनोट खेल ओमानसँग भदौ १३, युएइसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ । सो प्रतियोगिता भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।

एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१