जनताको ढाड भाँच्ने गरी ३ सय गुणासम्म बढाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७५, सोमबार १२:४४

देशका विभिन्न स्थानीय तहले कर बढाएको भन्दै विरोध भइरहेकै बेला बाँकेको कोहलपुर नगरपालिकाले पनि अपत्यारिलो तवरले घरजग्गाको कर वृद्धि गरेको छ । कोहलपुर नगरपालिकाले तीन सय प्रतिशतसम्मले कर वृद्धि गरेको छ । नगरपालिकाका वडाहरूले भारी मात्रामा कर वृद्धि गरेपछि स्थानीयले आपत्ति जनाएका छन् ।यसरी यति धेरै कर बढाउँदा स्थानीयलाई निकै समस्या भएकाले सो घटाउन दबाब दिइएको र नघटाए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । कोहलपुर नगरपालिका–८ पिपरी राजमार्ग क्षेत्रको घरजग्गा सरकारी मूल्यांकनअनुसार प्रतिकठ्ठा १६ लाख रुपैयाँ कायम छ । तर, वडा कार्यालयले चलनचल्तीको भन्दै त्यसको मूल्यांकन २४ लाख बढाएर ४० लाख रुपैयाँ प्रतिकठ्ठा पु¥याएको छ ।

उनले यसरी मनपरी तरिकाले मूल्यांकन बढाउने र कर पनि अत्याधिक बढाइए चुप लागेर सहन नसक्ने भन्दै त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए । हचुवाका भरमा कर र मूल्यांकन बढाउने काम भइरहेकाले त्यसको विरोधमा स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको ओलीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१