३ चोटिको प्रयोगमै दाग हटाई छालालाई चम्किलो बनाउने निकै सरल उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७५, सोमबार ०५:४५

एजेन्सी । आजभोली छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरु पाईन्छ । जस्मा विभिन्न रसायनहरु मिसाईएको हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्छ । आज हामी तपाईंलाई प्राकृतिक उपायबारे जानकारी दिन्छौं ।

यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु

१) १ वटा आलु
२) १/२ कागतीको रस

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस् । यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस् ।

२) आलु र काँक्रोको प्रयोग

१) १ वटा आलु
२) १/२ काँक्रो

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस् । त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१