विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार ११:२०

अर्को वर्ष इंल्याण्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा समेत ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसिसी० ले विज्ञप्ति जारी गर्दै विश्व भ्रमणको दौरान ट्रफी नेपाल समेत लगिने उल्लेख गरेको छ ।आईसिसीका अनुसार विश्वकप ट्रफी आगामी २७ अक्टोबरमा काठमाडौं दरबार स्क्वायर क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिने भएको छ । उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउनेछन् ।
विश्वकप ट्रफीको १०० दिने विश्व भ्रमणका क्रममा दुबईबाट सुरु हुने विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रूवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनीहुँदै इंग्ल्यान्ड पुग्नेछ । पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने छ । समर्थकहरुलाई क्रिकेटसँग जोड्न अझै सहयोग र्पुयाउने भन्दै आइसिसिले पहिलो पटक निशानको सहायतामा विश्वका यतिधेरै स्थानमा ट्रफी घुमाउन लागेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१