अमेरिकामा नेपालीको आफ्नै बैंक, एभरेष्ट फेडरल क्रेडिट युनियनले पायो सञ्चालन अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार ०६:१९

अमेरिका । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । विश्वको शक्तिशाली देश अमेरिकामा नेपाली समुदायको पनि आफ्नै बैंक होस्, भन्ने पाँच वर्ष अगाडि देखिएको सपनाले अहिले साकार रुप लिएको छ।

एभरेष्ट फेडरल क्रेडिट युनियन ९ईएफसीयू०ले अमेरिकी सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन ९एनसीयूए० बाट सञ्चालन अनुमति पाएको हो ।

संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्डमेम्बरहरु अन्जन श्रेष्ठ, राजन कर्माचार्य, बिजय पौडेल, जीबन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन् । यस्तै अनुगमन समितिमा डा।सुख गुरुङ, डा। केशब पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन् । अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने भएका छन्।

अमेरिकामा रहेका अन्य बैंकको तुलनामा एभरेष्ट फेडरलले सहुलियत दरमा निक्षेप संकलन, कर्जा प्रवाह, बचत, ब्याज, ऋण उपलब्ध गराउनसँगै सजिलै क्रेडिट कार्ड पनि दिने भएपछि यहाँका नेपालीमा उत्साह छाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१