८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेट्टियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७५, शनिबार ०६:०५

चितवन । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो।

मुसामा हुने किरा ९माइट० को टोकाइबाट यो रोग लाग्ने गर्दछ। गत आव २०७४र७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो।

साउनमा जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो। डेङ्गु सङ्क्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन्। अघिल्लो आवमा ५९ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो।

एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो। जसमध्ये ३३ जना चितवनका रहेका थिए। डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१