दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार १२:१६

संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ ।अर्थात् संसारको सबैभन्दा महंगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै ३५ वर्षको कूल बजेट नै छुट्टाउनुपर्ने हुन्छ । एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने दुनियाँकै सबैभन्दा महंगो यो वस्तुको नाम एन्टिम्याटर अर्थात् प्रतिपदार्थ हो । यतिधेरै महंगो वस्तु आखिर केमा प्रयोग होला रु साँच्ची भन्ने हो भने यो पृथ्वीमा यस वस्तुको कुनै काम छैन । तर अन्तरीक्षसँग सम्बन्धित जुनसुकै कामका लागि पनि यो प्रतिपदार्थ निकै महत्वपूर्ण तथा अमूल्य छ ।

अन्तरीक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रतिपदार्थको प्रयोग गरिन्छ । एन्टीम्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ ।नासाले पनि एन्टीम्याटर विश्वको सबैभन्दा महंगो वस्तु रहेको पुष्टि गरिसकेको छ ।यो वस्तु प्रयोगशालामा उत्पादन गर्न पनि निकै नै महंगो पर्दछ । एक मिलिग्राम एन्टीम्याटर उत्पादन गर्नका लागि झण्डै साढे २ अर्ब रुपैयाँ पर्दछ ।वैज्ञानिकहरुका अनुसार ब्रम्हाण्डमा ब्लाक होलद्वारा ताराहरुलाई दुई टुक्रामा टुक्राउँदा प्रतिपदार्थ उत्पन्न हुन्छ ।फ्रान्स र स्विजरल्याण्डको सिमा क्षेत्रमा रहेको सर्न ल्याबमा पहिलोपटक यो एन्टीम्याटरको उत्पादन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१