पुदीनाका लोभलाग्दा फाइदै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार ११:३५

नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ।यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ। दुई दर्जन जात र सयांै प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ। पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन्। तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्।स्वास्थ पत्रिकामा खबर छ।डिप्रेसन र थकान घटाउँछ(यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥याउँछन्। सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ।छालाको हेरचाह(यो राम्रो एन्टिसेप्टिक पनि हो। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ।श्वासप्रश्वासको समस्या हुन दिँदैन(यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन्। दम निको पार्छ(पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न।दूध चुसाइरहेका महिलालाई उपयोगी(दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१