मोटरसाइकलको आयत घटयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार ११:२७

पाँच बर्षपछि मोटरसाइकलको आयत घटेको छ । आर्थिक वर्ष २०७४–७५ मा मोटरसाइकल तथा स्कुटर आयात गत आर्थिक वर्ष भन्दा १२ हजार ४ सय ४८ वटाले घटेको हो ।आर्थिक वर्ष २०७३–७४ मा ३ लाख ५४ हजार ७१ दर्ता भएको थियो भने २०७२–७३ मा दर्ता संख्यामा १२ हजार ४ सय ४८ले ह्रास आएर ३ लाख ४१ हजार ६ सय २३ वटा मोटरसाइकल दर्ता भएको यातायात व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ । यसअघि आर्थिक वर्ष २०६७–६८ मा मात्र मोटरसाइकल तथा स्कुटरको आयात घटेको थियो। यो वर्ष दर्ता भएको कुल सवारी ७८.०६ प्रतिशत मोटरसाइकल तथा स्कुटरले ओगटेको छ।यो वर्ष दर्ता भएका ४ लाख ३७ हजार ६ सय ४१ सवारी मध्ये ३ लाख ४१ हजार ६ सय २३ वटा मोटरसाइकल तथा स्कुटर छन्। दर्ता भएका मोटरसाइकल मध्ये सबै भन्दा धेरै बाग्मतीमा १ लाख ४ हजार ४ सय ४४ वटा दर्ता भएका छन् भने सबैभन्दा थोरै कर्णालीमा २ सय ६० वटा दर्ता भएका छन्। आर्थिक वर्ष २०४६–४७ देखि हालसम्म मुलुकभर २५ लाख ३० हजार ७ सय २२ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१